गीतमा प्रायः संस्कृति, संवेदना, विचार, परम्परा, भावना, जीवनशालीलाई यसमार्फत प्रस्तुत गरिने गरिन्छ।
मौलिक वा र्याप, दोहोरीलगायतका अनेकौँ प्रकारका गीतहरू नै समाजको जीवनशैली झल्काउने माध्यमको रूपमा परिचित हुन्। विशेषगरि दोहोरी गीतलाई नेपाली समाजको संस्कृति र परम्परा झल्कनु पर्ने श्रोताको अपेक्षा हुने गर्दछ।
तर विडम्बना के छ, भने वर्तमान समयमा यी गीतहरू जुन विशेषताले परिचित थिए, त्यही नै गुमाउँदै गएको छ। चलचित्रका पार्श्व गीत होस् वा लोकदोहोरी, र्याप यी गीतहरुमा दोहोरो अर्थ लाग्ने शब्दको प्रवेश भएको छ।
यस्ता गीतहरुले समाजमा नकारात्मक प्रभाव पर्न सक्छ। युवा पुस्तामा यस्ता गीतहरुले बोलचाल वा सोच व्यवहारमा प्रभाव पार्न सक्छ। बारम्बार यस्तो सुन्दा उनीहरूलाई यौनजन्य शब्द वा सन्केत सामान्यजस्तो लाग्न सक्छ। यस्ता गीतहरुले कलाकारहरूको सिर्जनात्मक स्वतन्त्रता र सामाजिक जिम्मेवारीबिच सन्तुलन कायम गर्नु पर्ने प्रश्न उठ्न सक्छ।
यही विषयलाई लिएर छोटो कुराकानी गायक तथा संगीतकार प्रशान्त सिवाकोटीसँग दोहोरो अर्थ लाग्ने गीत तथा लोकदोहोरीहरू अहिले ‘ट्रेन्ड’ मा छ नि तपाईँले यसलाई कसरी लिनु हुन्छ?
मैले यसलाई समर्थन कहिले गरिन र अगामी दिनमा म यसलाई समर्थन गर्दिन पनि। अब उहाँहरूले के सोचेर यस्तो गीत बनाइ राख्नु भएको छ। त्यो उहाँको बुझाइ हो। म आफै पनि लेख्ने मान्छे हो, म आफै पनि त्यसरी लेखम भनेर कहिले लाग्दैन।
तपाईँ आफ्नो गीत कुन उमेर समूहलाई लक्षित गरेर लेख्नु वा गाउनु हुन्छ?
मलाई मेरो गीत सबैले सुनुन् भनेर बनाउने गर्दछु। घरपरिवारको सदस्यले सँगै बसेर सुनुन् भनेर मैले मेरो गीत लेख्ने गर्दछु। मेरो सिर्जना सुनेर कसैलाई असहज नहोस् भन्ने मलाई लाग्छ। र म त्यसैलाई केन्द्रमा राखेर गीत सिर्जन गर्ने गर्दछु।
अहिले जुन ‘डबल मेनिङ’ को ट्रेन्ड छ, त्यो के करणले बढ्दो जस्तो लाग्छ?
मलाई लाग्छ यसको मुख्य कारण सामाजिक सञ्जालमा भ्युज तथा आकर्षणको लागि हो। यस्तो प्रकारको गीतले छोटो समयमै धेरै चर्चा पाएको कारण यो ट्रेन्ड बढ्दो गएको हो।
प्रकाशित: ३० श्रावण २०८३ १५:०८ शनिबार