सुनको भन्दा बढी महत्त्व त नुनको हुन्छ प्रिय साथी
देखावटी प्रेमभन्दा महत्त्व गुनको हुन्छ प्रिय साथी
जिद्दी किन? चम्किलो घामको शक्ति पनि दिनमा मात्रै हो
रात चम्काउने जिम्मा तारा र जूनको हुन्छ प्रिय साथी
खै कुन तराजुमा जोख्यौ प्रेमिका र आमाको प्रेमलाई
हावाको भरले उड्ने बानी बेलुनको हुन्छ प्रिय साथी
घमण्ड नगर्नु आवश्यकता उस्तै हुन्छ सबै चिजको
घडीको दुई सुईमा महत्त्व कुनको हुन्छ प्रिय साथी
पुनः जोड्ने क्रोधले हैन हजुर छुटेको सम्बन्धलाई
जरुरी त नम्र बोली र मिठो धुनको हुन्छ प्रिय साथी।
प्रकाशित: ३ असार २०८३ १०:५१ बुधबार