जसोतसो यो जिन्दगी टिकेको छ,
अपमान हजारौं सहन सिकेको छ।
काँडाको होइन, वचनको खाटो बसेको हो,
देख्नेले त भन्छन् खिल झिकेको छ।
अवश्य पढ्नु कुनै दिन यदि फुर्सद भए,
रुँदै जिन्दगीले एउटा पत्र लेखेको छ।
बगिरहन्छ मूल्यहीन यो सस्तो आँसु,
कौडीको भाउमा जिन्दगी बिकेको छ।
प्रकाशित: १० माघ २०८२ १२:०२ शनिबार