ताप्लेजुङका साहित्य स्रष्टा लक्ष्मीप्रसाद मादेन उर्फ 'लेकाली कान्छा' मुक्कुम वाहिजो अनलाइन कविता वाचन प्रतियोगिताको च्याम्पियन बनेका छन्। उनले नगद २१ हजार रुपैयाँसहित प्रमाणपत्र पाएका छन्।
सृजनशील युवा कवि हर्कराज खेवाको कविता संग्रह वाहिजोको ब्यानरमा शिवसताक्षी नगरपालिका वडा नं ८ डुडामारीले सञ्चालन गरेको अनलाइन कविता बाचनमा लेकाली कान्छाको नयाँ साम्राज्य शीर्षकको कविता प्रथम भएको हो। लेकाली कान्छा रियालिटी सो द पोइट आइडलको उत्कृष्ट नौ भित्र परेर बाहिरिएका थिए।
साहित्यका माध्यमबमट स्थानीय परिवेश,विकृति बिरुद्धको कडा प्रहार,माटो सुहाउँदो,मौलिक र साँस्कृतिक चेत भएका कविको रूपमा उदाउँदै गरेका मुक्कुम फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा निवासी हुन्।
प्रकाशित: ७ पुस २०८२ १०:४२ सोमबार