कला/साहित्य

भीडभित्र पनि कतै एक्लोपनको त्रास छ

गजल

अँधेरी रातमा जूनको शीतल प्रकाश छ

बाँच्ने हरेक मोडमा एउटा खास आस छ।

समयले खोसे पनि मुस्कानका ती पल

आँखाभित्र अझै पनि सपनाको बास छ।

स्वार्थले ढाक्दै गयो मान्छेको मनलाई

सम्बन्धको आँगनमा विश्वासको नास छ।

आफ्नै मान्छे पराइझैँ लाग्ने यो सहरमा

भीडभित्र पनि कतै एक्लोपनको त्रास छ।

जित्नुभन्दा ठूलो कुरा हार्न नजान्नु पनि हो

ढलेर उठ्ने मान्छेको पनि छुट्टै प्रयास छ।

प्रकाशित: ३ आश्विन २०८३ ११:३३ शनिबार