हामी सन् २०२५ लाई बिदाईको नजिक आउँदैछौँ । अब एक हप्तामै वर्ष २०२५ को बिदा हुन्छ । यो वर्ष धेरै बलिउड चलचित्र प्रदर्शनमा आए । राम्रो आम्दानी गर्ने चलचित्र, धेरैको चासोमा रहेका चलचित्रसँगै यो वर्ष केही विवादित चलचित्र पनि बने । सुपरहिट चलचित्रको त चर्चा हुने नै भयो विवादित बनेका चलचित्रको पनि उत्तिकै चर्चा हुने गरेको छ । चलचित्रका विवादका विषयले कुनै चलचित्र हिट हुन्छन् भने कुनै फ्लप पनि हुने गर्छन् ।
यहाँ हामीले २०२५ मा विवादमा परेका सात बलिउड चलचित्रको चर्चा गरेका छौँ ।
‘इमरजेन्सी’
लक्ष्मण उतेकर निर्देशित चलचित्र ‘छावा’ २०२५ फरबरी १४ मा प्रदर्शनमा आयो। विक्की कौशलको मुख्य भूमिका रहेको चलचित्र छावा विक्कीको जीवनको सर्वाधिक कमाउने चलचित्र मध्ये एक हो। देशको कैयौँ राज्यमा चलचित्रलाई प्रतिबन्ध लगाइयो। छत्रपति संभाजी महाराजको जीवनमा बनेको चलचित्रमा कयौँ पात्रको चित्रणलाई लिएर महाराष्ट्रको संगठनले छावालाई आरोप लगाएका थिए। यी बिरोधले चलचित्रको केही भाग हटाइएको थियो। यी सबै विवाद पार गरेर छावा २०२५ को सर्वाधिक कमाउने चलचित्र मध्ये एक बन्यो।
उदयपुर फाइल्स
चलचित्र ‘फुले’ अप्रिल २५ मा रिलिज भएको चलचित्रमाथि ब्राह्मण समुदायले उनको समुदायलाई नकारात्मक तरिकाले चित्रण गरेको भनेर आरोप लाग्यो। यो विवादमा राजनीतिज्ञ समेत सहभागी थिए। चलचित्र निर्देशक आनन्त माहादेवन हुन्।
द बंगाल फाइल्स
३१ अक्टुर २०२५ मै प्रदर्शनमा आएको चलचित्रले कैयौँ विवादमा परेको थियो। मुसलमान समुदायले हाम्रो समुदायलाई नकारात्मक देखाइयो भनेर कैयौँ आरोप लगाए।
धुरन्धर

निर्देशक आदित्य धरको चलचित्र धुरन्धर हाल २०२५ को सर्वाधिक कमाउने चलचित्र बनेको छ। साथै चलचित्रले भारत ऐतिहासिक सर्वाधिक कमाउने चलचित्र मध्ये छ नम्बरमा परेको छ । चलचित्र प्रदर्शनको १८ दिनमा चलचित्रले विश्वव्यापी आठ सय ७७ करोडको व्यापार गरेको छ। धुरन्धरमाथि पनि कैयौँ आरोप प्रत्यारोप लाग्यो। धुरन्धरलाई बेहरान, कुवेत, ओमान, कतार, साउदी अरब, युएईमा कैयौँ विवाद र पाकिस्तान विरोधी कारण यी देशमा धुरन्धरमा रोक लगाइयो। नेपालमा हाल यो चलचित्र प्रदर्शनमा छ।
प्रकाशित: ९ पुस २०८२ १७:०५ बुधबार