‘यसको मूल्य कत्ति हो?’ फ्रिमा भनेर थाहा पाउँदा पाउँदै पनि भित्री रहस्य बुझ्न मैले प्रश्न गरेँ।
उहाँहरूले सुन्दर मुस्कान छड्दै जवाफ फर्काउनुभो, ‘हामी तपाईलाई यो फ्रिमा दिदै छौँ! पिएर स्वाद लिनुस् र प्रतिक्रिया दिनुस् है?’
मैले फ्रि कोक लिएवापत आफ्नो शिर झुकिदिए अनि अलिछेउ सारेर फेरि अर्को प्रश्न गर्ने साहस गरेँ, ‘यत्ति धेरै कोक फ्रिमा अरूलाई बाँड्दा कम्पनीलाई घाटा हुँदैन?’
नाफा र घाटा हाम्रो सरोकारको विषय होइन। हामी कामदार मात्रै हौं। यो बाँडेकाेमा हामी तलव लिन्छौ।
मेरो प्रश्नमा उहाँहरूले आफ्नो प्रतिक्रिया प्रस्टाइन्। त्यसपछि म चुप लागेर आफ्नो बाटो लागें। लिएको कोक आधा बाटोमा खोलेर एक चुस्की लिए मिठो स्वाद लिएँ। बाहिरी बोतलमा लेखिएको नाम पनि पढेँ नो सुगर नो कोलेस्ट्रोल ग्रिन कोक।
फ्रि कोकले हरेकलाई पाठ सिकाइरहेको भान भयो। व्यापार गर्नुअघि ग्राहक परीक्षण गरी उत्पादन र बिक्री गर्नु, ग्राहकहरूको स्वास्थ्थमा ख्याल राख्नु, पिउन इच्छुक विरामी ग्राहकलाई समेत ध्यान दिएको, प्यास मेट्ने रोग नभेट्ने पेयपदार्थ बजार बजारमा भेट्नु, विकसित देशको विकास र व्यापार विधि देखेर म छक्क परेँ र सोचेँ मेरो देशमा पनि यस्तो विकास वृद्धि उत्पादन भएको भए क्या स्वर्ग हुने थियो।
प्रकाशित: १० आश्विन २०८३ ०८:१७ शनिबार