आकाश ढाकिएको छ,
झरी पर्दै छ!
घरको छतमा उक्लेर
एक अञ्जुली जल आकाशतिर चढाएँ,
हजुरले पाउनुभयो त होला नि "बा"?
मुख हेर्छु भनेको बादल र पानीले छेकिहाल्यो!
उस्तै छ कि कस्तो हुनुभो?
दुब्लाउनुभो कि मोटाउनुभो?
झरीपछि, बादल संग्लिन्छ, फेरि छत चढ्छु
त्यतिन्जेल रुझेरै भए पनि आकाशमै बस्दिनु है "बा"
मलाई हजुरको मुख हेर्नु छ।
सम्झना उस्तै छ, उत्तिकै छ "बा"
भावपूर्ण श्रद्धासुमन।
(यो कविता बरालले कुशे औँसी- बुवाको मुख हेर्ने दिन लेखेका हुन्।)
प्रकाशित: ६ भाद्र २०८३ ११:१५ शनिबार