कला

अमिताभले ८५० किसानको ऋण तिरिदिने

मुम्बई- बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले गरिब किसानको ऋण तिर्ने बताएका छन्। अमिताभले उत्तर प्रदेशका ८ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा मद्दत गर्ने घोषणा गरेका हुन्। 

अमिताभले यसअघि महाराष्ट्रका ३ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा सहयोग गरेका थिए। उनले ऋण तिर्न नसकेर आत्महत्याको कदम उठाउन बाध्य किसानलार्इ रोक्न आफूले ऋण तिरिदिने निर्णय गरेको उल्लेख गरेका छन्।

यो भन्दा पहिला आन्ध्र प्रदेश र विदर्भका किसानको ऋण पनि उनले तिरिदिएका थिए। पछिल्लो समय युपीका किसान ऋण समस्यामा रहेको जानकारी पाएपछि अमिताभले ५.५ कराड भन्दा बढी ऋण रकम तिरेर सहयोग गर्ने बताएका हुन्। कौन बनेगा करोडपति कार्यक्रमका सञ्चालक समेत रहेका अमिताभले गरिबलार्इ सहयोग गर्न पाउँदा आफूलार्इ सन्तुष्टि मिल्ने बताउँछन्।

उनले केही दिनअघि महाराष्ट्रका ४४ सहिद परिवारलार्इ पनि आर्थिक सहयोग गरेका थिए।

प्रकाशित: ३ कार्तिक २०७५ १२:५४ शनिबार

अमिताभ_बच्चन बलिउड आर्थिक_सहयोग