कला/साहित्य

कहिल्यै फर्कन्न त्यो!

कविता

चिनेचिने जस्तो लाग्थ्यो

बोल्न मात्रै नजानेको हुँ

हर घडीमा आउँथ्यो त्यो

टप्प टिपेर लिई जान्थ्यो।

उनको कुनै घर हुँदैन

कतै उनको मुकाम हुँदैन

कहीँ पहिचान पनि हुँदैन

उनको खासै चेहरा हुँदैन।

त्यो मात्र खालि मृत्यु हो

उनको कुनै संसार हुँदैन

विश्वास गर या नगर

उनको भर पर्नु हुँदैन।

मृत्यु हो त्यो आखिर मृत्यु

त्यसै आउँछ, त्यसै जान्छ

जान्छ, जान्छ कता, कहाँ हो

गएपछि कहिल्यै फर्कन्न त्यो।

प्रकाशित: २१ असार २०८२ १२:५८ शनिबार

# Kala-yatra # Poem