कला/संस्कृति

सरोगेसी

लघुकथा

रमेश र सीताको जोडी भगवानले नै माथिबाट बनाएर पठाए जस्तो थियो। समाजमा उनीहरूको मानइज्जत, धनदौलत केही कुराको पनि कमी थिएन। त्यति भएर पनि उनीहरू दुवैमा घमण्ड कत्ति पनि थिएन। एउटै कुराले उनीहरू दुखी थिए। सन्तानको अभाव।

रमेशले दुई वर्षका लागि कामबाट अर्को शहरमा सरुवा लिएर पत्नी सीतासहित गयो। सन्तान हुनका लागि विविध वैज्ञानिक उपचारहरू पनि गरि नै रहे। नयाँ  ठाउँ सरुवा भएको एक वर्षपछि उनीहरूको छोरा जन्मियो। अर्को एक वर्ष त्यहाँ बसेपछि उनीहरू तीन जना पुरानै ठाउँमा फर्किए।

छोरा जन्मिएकोमा नातेदार, टोलछिमेक, साथीभाइ बोलाएर भव्य पार्टी गरे। सबभन्दा खुशी त रमेशकी आमा भएकी थिइन्। रमेश एउटै छोरा। उसकाे छोरा नभए आफ्नो वंश नै नासिन्छ भन्ने सुर्ता उनलाई थियो। ढिलै भए पनि नाति जन्मियो भनेर उनी हर्षित थिइन्। उनीहरू घर फर्किएको केही दिनपछि आमाले एकदिन छोरो एक्लै भएको बेला सोधिन् ‘बाबू, म एउटा कुरा सोध्छु। मैले बुझ्ने गरी नढाँटीकन बताइदिन्छौ?’

सानो छोरा बोकिरहेको रमेशले भन्यो, ‘के कुरा भन्नुस् न। म भनिहाल्छु नि।’

‘हाम्रो यो नाति सरोगेसीबाट जन्मिएको रे भन्ने हल्ला सुनें। त्यसो भनेको के हो?’

प्रकाशित: १६ चैत्र २०८१ १२:५४ शनिबार