भ्यालेन्टाइन्स डे आउन अझै महिनादिन बाँकी छ। बलिउड अभिनेत्री कट्रिना कैफले भ्यालेन्टाइन्स डेलाई उल्लासमय बनाउने चाँजोपाँजो सुरु गरिसकेकी छिन्।'त्यो दिन म कुनै खालको व्यावसायिक काममा व्यस्त रहने छैन। यो वर्ष भ्यालेन्टाइन्स डेलाई विशेष बनाउने धुनमा छु । यसका लागि केही विशेष योजना बनाइरहेकी छु,' उनले भनिन् । यद्यपि, उनले कस्तो योजना बनाइरहेकी छिन् भन्ने चाहिँ बताइनन्।
हिजोआज कट्रिना प्रेमबारे अलिक खुलेर बोल्न थालेकी छिन्। केही समययता उनी ब्वाइफ्रेन्ड रणवीर कपुरसँग अलग भएको चर्चा बाहिर आएका छन्।
प्रकाशित: ३ माघ २०७२ ०७:०५ आइतबार