कला

टुट्यो रणवीर र कैटरिनाको जोडी

नयाँ दिल्ली- कुनै समय बलिउडमा रणवीर कपुर र कैटरिना क्याफको जोडि काफि चर्चित थियो। लामो समय देखि अफयर्समा रहेका उनीहरु अब भने एक साथ नभएको सञ्चारमाध्यमले जनाएका छन्। सञ्चारमाध्यमका अनुसार रणवीर कैटरिनाको जोडि टुटेको छ।


कैटरिनासँग सम्वन्ध टुटेपछि रणवीरले केहि दिन अघि मात्रै कार्टर रोड स्थित फ्लाट छोडेका थिए। कैटरिना पनि आफ्नो फिल्म 'फितुर' को लागि दिल्ली पुगेकी छन्। उनीहरु बिग्रिएको आफ्नो सम्वन्धलाई सुधार गर्न प्रयासरत पनि थिए। तर त्यसो हुन सकेन।

प्रकाशित: ३ माघ २०७२ ०४:११ आइतबार