कला

डराएकी थिइन् दीपिका

मुम्बइ—बलिउड अभिनेत्री दीपिका पादुकोणले हालसालै रिलिज भएको फिल्म 'बाजिराव मस्तानी'मा मस्तानी भएर अभिनय गरेकी छिन् । फिल्ममा उनी साहसी लडाकू महिलाको भूमिकामा देखापरेकी छिन् । तर, फिल्मको एउटा गीतमा अभिनय गर्दा उनी असाध्यै डराएकी थिइन्।'फिल्ममा 'मोहे रंग दो लाल' बोलको गीतमा उनले सोलो नृत्य गरेकी छिन्। यो गीतको छायांकनमा दीपिका असाध्यै डराएकी थिइन्,' कोरियोग्राफर पण्डित विरजु महाराजले भने। गीतमा नृत्य गर्न उनले दीपिकालाई कत्थकको मूल मुद्रा सिकाएका थिए। 'तर, दीपिकालाई आफ्नो नृत्य क्षमतामा सन्देह थियो। उनले आफू माधुरी दीक्षितजस्तो नृत्यमा पारंगत नभएको बताउँदै आफूलाई डर लागिरेहेको उल्लेख गरेकी थिइन्,' महाराजले भने।

प्रकाशित: ३ माघ २०७२ ०३:०० आइतबार