कला

अस्कर मनोनयनमा लियोनार्दोको द रेभेनन्टको वर्चश्व

हलिउड— अस्कर अवार्ड २०१६ को मनोनयन सूचि घोषणा गरिएको छ। यो पटकको अस्करमा लियोनार्दो डीकार्पिओ अभिनित द रेभेनन्ट सबैभन्दा बढी १२ विधामा मनोनयनमा परेको छ। म्याड म्याक्सः फ्युरी रोड १० शीर्षकका लागि मनोनयनमा परेको छ भने द मार्टिन ७ शीर्षकको प्रतिस्पर्धाका लागि मनोनित भएको छ।अस्करले २३ विधामा प्रदान गर्ने अवार्डका लागि मनोनयन सूचि सार्वजनिक गरेको हो। अवार्डको घोषणा हलिउडको डाफल्बी थियटरमा हुनेछ।

मुख्य विधामा मनोनयनमा पर्नेहरु:

१. बेस्ट फिल्म मनोनयन
रुम
द रेभेनन्ट
ब्रकलिन
स्पटलाइट
ब्रिज अफ स्पाइ
म्याड म्याक्सः फ्युरी रोड
द बिग सर्ट
द मार्सल

२. बेस्ट एक्टर मनोनयन
ब्रायन क्रेन्स्टोन (ट्रम्बो)
मट्ट डेमोन (द मार्टिन)
लियोनार्दो डिकाप्रिओ (द रेभेनन्ट)
माइकल फासबेन्डेर (स्टिभ जब्स)
इडायी रेडमाइएन (द डेनिस गर्ल)

३. बेस्ट एक्ट्रेस मोननयन
केट ब्लान्चेट (क्यारोल)
ब्री लार्सन (रुम)
जेनिफर लोरेन्स (जोय)
चार्लोटे र्यामप्लिङ (४५ इयर्स)
साओरिस रोमन (ब्रुकलिन)

४. बेस्ट डाइरेक्टर मनोनयन
अलहान्द्रो गोन्जालेज इन्तारितु (द रेभेनेन्ट)
एडम म्याक (द बिग सर्ट)
जर्ज मिलर (म्याड म्याक्सः फ्युरी रोड)
लेनी अब्र्यामेसन (रुम)
टम म्याकर्थी (स्पट लाइट)

प्रकाशित: १ माघ २०७२ ००:२२ शुक्रबार