उदयपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्विप गरेको छ। दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा १ मा पारशमणि गेलाल र २ मा सूर्यबहादुर तामाङ विजयी भएका हुन्।
गेलाल ३० हजार ५ सय ९ मतका साथ विजयी भएका हुन्। उनले निटकतम प्रतिस्पर्धी श्रम सँस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राई भन्दा १८ हजार ९ सय ८४ मत बढि पाए। राईले ११ हजार ६ सय ९६ मत पाए।
७९ हजार ९ सय ५६ मत खसेको सो निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीले १० हजार २१ मत पाए भने नेपाली कांग्रेसका बिदुर बस्नेत ९ हजार ६ सय ७५ र नेकपा (एमाले)का दुर्गाकुमार थापाले ९ हजार २ सय ६ मत ल्याए।
निर्वाचन क्षेत्र २ मा रास्वपाकै सूर्यबहादुर तामाङ १४ हजार ८ सय २ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत पाए भने नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २ सय १० तथा नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ५ हजार १ सय ९७ मत पाए।
यस्तै, श्रम सँस्कृति पार्टीका बलराज राईले ४ हजार १ सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ ११:५१ आइतबार