निर्वाचन विशेष

उदयपुरमा रास्वपाको अग्रता कायमै

जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ। पछिल्लो परिणाम अनुसार निर्वाचन क्षेत्र नं. १ मा पारशमणि गेलाल र  क्षेत्र नं. २ मा सूर्य लामाले अग्रता कायम राखेका छन्।  

१ नं. निर्वाचन क्षेत्रको २५ हजार ६ सय ५३ मत गणना भईसक्दा गेलालले ८ हजार ४ सय ७६ मत ल्याएर अग्रता कायम गरेका छन्।

यस्तै, श्रम सँस्कृति पार्टीका राजेशकुमार राईले ५ हजार १ सय ५७ मतसहित पछ्याईरहेका छन्। एमालेका दुर्गाकुमार थापा ३ हजार ५ सय ५७ मत, कांग्रेसका बिदुर बस्नेत ३ हजार १ सय ५१ र नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरी २ हजार २ सय ७५मतका साथ तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।  

यस्तै, निर्वाचन क्षेत्र २ नं.मा १६ हजार ८ सय ७३ मत गनिसक्दा रास्वपाका लामाले ४ हजार २ सय ८७ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई एमालेका अम्मर रायमाझीले ३ हजार ६ सय ५३ मतले पछ्याईरहेका छन्। नेकपाका सुरेशकुमार राई २ हजार ४सय ६५, श्रमसँस्कृतिका बलराज राई २ हजार २ सय ५५ र कांग्रेसका रामकुमार राई २ हजार ५४ मतका साथ क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन्।  

१ नं. क्षेत्रमा १ हजार ८ सय १३ मत र २ मा १ हजार ५ सय ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १२:५९ शनिबार