आज हरितालिकाका तीजको अवसरमा देशभरिका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि भिड लागेको छ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायु होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ।
यस वर्ष भोटेकोसी बाढीमा भएको ठुलो मानवीय एवं भौतिक क्षतिका कारण शिवालयहरूमा आउने भक्तजन गत वर्षहरूको भन्दा निकै कमी रहेको छ। यस वर्ष नाचगान लगायतका गतिविधि समेत ठप्प जस्तै रहेको छ।
प्रकाशित: २९ भाद्र २०८३ १०:२९ सोमबार