धर्म/संस्कृति

पानी परेपनि झण्डै १५ सय दर्शनार्थी पुगे पाथीभरा मन्दिर

फाइल तस्बिर

लगातारको वर्षा र बद्लिँदो मौसमबीच पनि बिहीबार ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा देवी मन्दिरमा एक हजार ४२१ भक्तजनले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार, पछिल्ला पाँच दिनमा ११ हजार २३२ जनाले मन्दिरको दर्शन गरेका छन्। तीमध्ये बिहीबारबाहेक अन्य चार दिनमा मात्र ९ हजार ८११ तीर्थालु मन्दिर पुगेका थिए।

कात्तिक महिनासँगै मन्दिरमा भक्तजनको आगमन तीव्ररूपमा बढेको समितिले जनाएको छ।

गत शनिबार एकैदिन ६ हजार ३९३ जनाले दर्शन गरेर यो सिजनकै सबैभन्दा बढी भीड रेकर्ड भएको हो।

स्थानीय प्रशासन र क्षेत्र विकास समितिले भक्तजनको भीड व्यवस्थापनका लागि आवश्यक तयारी र सुरक्षात्मक व्यवस्था मिलाएको बताइएको छ।

 

प्रकाशित: १३ कार्तिक २०८२ १८:३४ बिहीबार