बजार

आज सुनचाँदीको मूल्य कति ?

स्थानीय बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको हो।

यो सँगै आज सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ।

त्यसैगरी चाँदीको मूल्य प्रतितोला १ सय ९५ रुपैयाँले बढेर ४ हजार ८ सय ८० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २२ पुस २०८२ ११:४५ मंगलबार