बजार

दुई हजारले घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको छ।  

बुधबार प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर दुई लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ।  

त्यसैगरी चाँदीको मूल्य पनि एक सय रुपैयाँ घटेर तोलामा चार हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। 

प्रकाशित: २४ पुस २०८२ ११:१४ बिहीबार