साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन एक लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको थियो। यो मूल्य आइतबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढी हो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।
प्रकाशित: ३० असार २०८२ ११:३० सोमबार