बजार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा, सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङगेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ९४ पैसा कायम गरेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

प्रकाशित: २९ असार २०८३ ०६:०६ सोमबार