बजार

आज यस्तो छ सुन र चाँदीको मूल्य

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजो (बिहीबार) कै मूल्यमा कारोबार भइरहेको छ। हिजो प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही कायम भएको छ।

यता चाँदीको मूल्यमा भने आज प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ। हिजो प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर चार हजार ८३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिकजसो फेरबदल हुने गरेको व्यवसायीहरू बताउँछन्।

प्रकाशित: २० चैत्र २०८२ १०:४६ शुक्रबार