बजार

लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घट्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँले घटेको हो।

बिहीबार प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर दुई लाख ८० हजार ३०० रुपैयाँमा झरेको छ।

यस साताको पहिलो दिन घटेर प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँमा पुगेको सुन त्यसयता बिहीबारसम्म लगातार बढेको थियो। सोमबार दुई लाख ८१ हजार ५००, मंगलबार दुई लाख ८२ हजार ३००, बुधबार दुई लाख ८३ हजार ३०० र बिहीबार दुई लाख ८३ हजार ५०० रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला तीन हजार ९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार दशैंअघि सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँसम्म पुगेको थियो।

प्रकाशित: १३ कार्तिक २०८३ १०:३९ शुक्रबार