बजार

सुनको भाउ दुई लाख ४० हजार नजिक पुग्यो

बुधबार (आज) सुनको भाउ तोलामा २६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ तोकेको छ। मंगलबार (हिजो) सुन दुई लाख ३५ हजार ४०० रुपैयाँ थियो।

आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ घटेर दुई हजार ९५५ रुपैयाँमा कायम भएको छ।

प्रकाशित: २२ आश्विन २०८२ १२:१२ बुधबार