बजार

सुनको मूल्य दुई लाख ४० हजार नाघ्यो

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रु तीन हजार २२० मा खरिदबिक्री हुनेछ।

हिजो आइतबार सुन प्रतितोला रु दुई लाख ३८ हजार र चाँदी प्रतितोला रु तीन हजार एक सय २५ मा किनबेच भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भइरहेको छ।

प्रकाशित: २७ आश्विन २०८२ १२:०३ सोमबार