बजार

सुनको मूल्य दुई लाख १० हजार नाघ्यो

नेपालमा सुनको मूल्य दुई लाख १० हजार पार भएको छ। शुक्रबार स्थानीय बजारमा सुन दुई लाख १० हजार चार सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो। त्यस्तै चाँदी पनि आज दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। 

बुधबार सुन प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको थियो। चाँदी मूल्य प्रतितोला दुई हजार ४८० कायम भएको थियो।

प्रकाशित: २० भाद्र २०८२ ११:२० शुक्रबार