बजार

सुनको मूल्य तीन लाख नाघ्यो

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ७ सय रुपैयाँ पुगेको छ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार नौ सय रुपैयाँ कायम भएको थियो। यसरी हेर्दा आज सुनको मूल्य प्रतितोला चार हजार ८ सय रुपैयाँले बढेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार ५८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ६५ रुपैयाँले बढेर प्रतितोला चार हजार ६४५ रुपैयाँ पुगेको छ।

प्रकाशित: २४ श्रावण २०८३ ११:०८ आइतबार