बजार

बढ्यो सुन र चाँदीको मूल्य

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो।

महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर दुई लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।

त्यस्तै, सोमबार प्रतितोला तीन हजार ११० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर तीन हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १०:४५ मंगलबार