बजार

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंसिर ४ गते सुन र चाँदी दुवैको मूल्य बढेको हो।

आजको सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ रहेको छ। त्सयसैगरि चाँदीको मूल्य ३ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ।

हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयँँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको छ।

हिजो सुन प्रतितोला २ लाख ४२  हजार ३०० रुपैयाँ थियो भने चाँदीको मूल्य ३ हजार १५० रुपैयाँ कायम गरिएको थियो।

प्रकाशित: ४ मंसिर २०८२ ११:१७ बिहीबार