बजार

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज (बुधबार) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६ हजार ३ सय रुपैयाँले घटेको हो।

मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८३ ११:०१ बुधबार