बजार

नयाँ टियागो ईभीको विशेष अफर, जोडी–फुल्ली ईभीमा आकर्षक अफर

टाटा मोटर्सको नयाँ टियागो ईभी अब अझ आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोडी–फुल्ली’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अवधिमा ग्राहकहरूले रु. ४.३ लाख डाउन पेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्नेछन्।

सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकलाई आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय गाडीमा अपग्रेड हुने अवसरसँगै विभिन्न आकर्षक सुविधा तथा उपहार प्रदान गर्नु हो। यसको मुख्य सन्देश नै एक्सचेन्ज, अपग्रेड र सेलिब्रेट रहेको छ।

यसअन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने ग्राहकले हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्नेछन्। त्यस्तै, ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट एक्सचेन्ज भ्यालुएसनको सुविधा पाउनेछन्, जसले नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने प्रक्रियालाई अझ सहज र आकर्षक बनाउनेछ।

ग्राहकलाई थप सुविधा दिने उद्देश्यले यस अवधिभर गाडी खरिद गर्ने ग्राहकका लागि निःशुल्क एसेसरीज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसनजस्ता सुविधा पनि समावेश गरिएको छ। यसले ग्राहकलाई गाडीको मूल्यसँगै खरिदपछिका आवश्यक सुविधामा समेत थप लाभ दिनेछ।

नयाँ टियागो ईभी आधुनिक डिजाइन, विद्युतीय ड्राइभिङको सहज अनुभव र दैनिक प्रयोगका लागि उपयोगी विशेषताका कारण नेपाली बजारमा लोकप्रिय विद्युतीय मोडलका रूपमा स्थापित हुँदै आएको छ। आफ्नो पुरानो गाडीलाई नयाँ विद्युतीय सवारीसाधनमा परिवर्तन गर्न चाहने ग्राहकका लागि ‘जोडी–फुल्ली’ ले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई अझ सहज बनाउने लक्ष्य राखेको छ।

यस अवसरमा ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गरी नयाँ टियागो ईभीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा उपलब्ध अफरबारे बुझ्न सक्नेछन्। सीमित अवधिका लागि मात्र सञ्चालन हुने भएकाले इच्छुक ग्राहकले सेप्टेम्बर १९ देखि २६ सम्म यो विशेष अफरको लाभ लिन सक्नेछन्।

प्रकाशित: ४ आश्विन २०८३ १९:२६ आइतबार