बजार

सुनचाँदीको मूल्यमा केही गिरावट

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ। सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८१० कायम भएको छ।

हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा कारोबार भएको थियो।

प्रकाशित: १७ वैशाख २०८३ १०:४६ बिहीबार