बजार

सिप्रदी ट्रेडिङद्वारा NADA Auto Show मा Xpres-T EV फ्लिट पार्टनरलाई सम्मान

नेपालमा विद्युतीय सवारीसाधनको प्रचलनलाई नयाँ उचाइमा पुर्‍याउँदै, सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको आधिकारिक वितरक) ले यस वर्षको NADA Auto Show २०२५ मा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल Xpres-T EV का प्रमुख फ्लिट पार्टनर हरूलाई विशेष सम्मान प्रदान गरेको छ।

कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको हो। वहाँहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि यो सम्मान गरिएको हो।

Xpres-T EV विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो। स्वरोजगारी प्रवर्द्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ।

NADA अटो शो 2025 भदौ ३ गतेदेखि ८ गते (August 19–24, 2025) सम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ। टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन सम्पूर्ण अटोप्रेमी महानुभावहरुमा नेपालका लागि टाटाको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग हार्दिक आमन्त्रण गर्दछ ।

प्रकाशित: ५ भाद्र २०८२ १३:३८ बिहीबार