सामसङ नेपालले ग्यालेक्सी बड्स थ्री एफई आगमनको घोषणा गरेको छ । नवीन ग्यालेक्सी एआई एकीकरण र आइकोनिक ‘ब्लेड’ डिजाइनसहित, बड्स थ्री एफईले ग्यालेक्सी इकोसिस्टम अन्तर्गत अडियो नवप्रवर्तनको नयाँ युगको सुरु गरेको हो । यो उपकरण अहिले तपाईंको नजिकको सामसुङ स्टोरमा १९ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ ।
एक आकर्षक र बुद्धिमानी ट्रु–वायरलेस इयरबड्स, जसले फ्ल्यागसिप स्तरका सुविधाहरूलाई प्रयोगकर्तासम्म पु¥याउँछ ।
ग्यालेक्सी बड्स थ्री एफईलाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि र परिष्कृत सुविधाहरू प्रदान गर्न इन्जिनियर गरिएको छ । ठूलो स्पिकर, उन्नत एक्टिभ न्वाइज क्यान्सिलिङ (एएनसी), र क्रिस्टल क्लियर कल टेक्नोलोजी (जसले मेसिन लर्निङद्वारा स्वरयुक्त वातावरणमा समेत प्रयोगकर्ताको आवाजलाई अलग पार्छ) का साथ यी इयरबडहरूले गहिरो ध्वनि र स्पष्ट सञ्चार सुनिश्चित गर्छन् ।
प्रकाशित: २५ कार्तिक २०८२ १३:१२ मंगलबार



-1200x560-600x400.jpg)