सामसङले नेपाली बजारमा ग्यालेक्सी ट्याब ए११ सार्वजनिक गरेको छ। सबै उमेरका प्रयोगकर्तालाई लक्षित गरेर तयार गरिएको यो ट्याबलेट शक्ति, बोक्न सहजता र उत्कृष्ट प्रदर्शनको लागि तयार गरिएको छ।
ग्यालेक्सी ट्याब ए११ मा ८.७ इन्चको ठूलो स्क्रिन रहेको छ। जसले चलचित्र, खेलकुद तथा अनलाइन कक्षाका लागि उज्यालो, स्पष्ट र आकर्षक दृश्य प्रदान गर्छ। यसमा प्रयोग गरिएको हेलियो जि–९९ प्रोसेसरले मल्छिफङसन सहज बनाउँछ। एप परिवर्तन छिटो गराउँछ र अनलाइन स्ट्रिमिङलाई ढिलाइबिना सञ्चालन गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
यो ट्याब हल्का, पातलो र सहज रूपमा बोक्न मिल्ने डिजाइनमा तयार गरिएको छ। ५१ सय एमएएच क्षमताको ब्याट्रीले दिनभर अवरोधरहित प्रयोगको सुविधा दिन्छ। ग्यालेक्सी इको–सिस्टमसँग जडान भएपछि स्मार्टफोनसँग जानकारी आदान–प्रदान गर्न, फाइल तुरुन्तै सेयर गर्न तथा सूचना व्यवस्थापन गर्न सजिलो हुन्छ।
एलटिई भेरियन्टले यात्रा गर्दा पनि इन्टरनेट जडान कायम राख्छ भने वाइफाई मोडेल घर–परिवारका लागि भरपर्दो विकल्प रहेको कम्पनीले जनाएको छ।
सामसङले ग्यालेक्सी ट्याब ए११ मा ७ वर्षसम्म अपग्रेड तथा ७ वर्ष सुरक्षा अपग्रेड दिने घोषणा गरेको छ। यसले उपकरणलाई दीर्घकालीन रूपमा सुरक्षित र प्रयोगयोग्य बनाउँछ। यस ट्याबमा सामसङ किड्स मोड, अभिभावक नियन्त्रण तथा बहु–प्रयोगकर्ता प्रोफाइलजस्ता सुविधाले परिवारका सबै सदस्यका लागि सुरक्षित डिजिटल वातावरण तयार गर्छ।
सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापित भन्छन्, “ग्यालेक्सी ट्याब ए११ मार्फत हामी सामसङको भरपर्दो प्रदर्शन र नवप्रवर्तनलाई अझ धेरै नेपाली उपभोक्तासम्म पुर्याउँदैछौँ। हाम्रा उपकरण विद्यार्थी, युवा पेशाकर्मी तथा परिवार सबैका लागि उपलब्ध, उपयोगी र विश्वसनीय बनाउने हाम्रो लक्ष्य हो। ट्याब ए११ हाम्रो यही प्रतिबद्धताको निरन्तरता हो।”
ग्यालेक्सी ट्याब ए११ देशभरका अधिकृत सामसङ स्टोर तथा खुद्रा विक्रेतामार्फत उपलब्ध छ।
एलटीई भेरियन्ट ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ३० हजार ९९९ रहेको कम्पनीले जनाएको छ। यस्तै वाइफाइ भेरियन्ट ४ जीबी र्याम र ६४ जीबी स्टोरेज १९ हजार ४९९ रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: ५ मंसिर २०८२ १२:५४ शुक्रबार