विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँ वर्षलाई लक्षित गर्दै “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियान सार्वजनिक गरेको छ । यस अभियानमार्फत देशभरका ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिनुका साथै बम्पर पुरस्कार पनि प्रदान गरिनेछ ।
नेपाली नयाँ वर्षलाई स्वागत गर्दै सञ्चालन गरिएको यो अभियान चार हप्तासम्म चल्नेछ । अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्, । यस अभियानको उद्देश्य चाडपर्वको उत्साहलाई अझ बढाउनुका साथै ब्रान्डप्रति ग्राहकहरूले देखाउँदै आएको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ ।
अभियान अवधिभर प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्र मार्फत ओप्पो ए ६ स्मार्टफोन प्रदान गरिनेछ । लक्की ड्र तालिका अनुसार पहिलो हप्ता चैत ८ (आइतबार), दोस्रो हप्ता चैत १५ (आइतबार), तेस्रो हप्ता चैत २२ (आइतबार) र चौथो हप्ता चैत २९ (आइतबार) मा लक्की ड्र सञ्चालन हुनेछ, जसअन्तर्गत प्रत्येक हप्ता एक–एक वटा ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ ।
पारदर्शिता कायम राख्न तथा जनविश्वास सुनिश्चित गर्न लक्की ड्र कम्पनीका आधिकारिक सामाजिक सञ्जाल प्लेफर्महरु मार्फत भिडियो लटरी प्रणालीद्धारा सञ्चालन गरिनेछ । विजेता छनोट प्रक्रिया सार्वजनिक रुपमा साझा गरिनेछ, जसबाट ग्राहकहरुले विजेता कसरी छनोट गरिन्छ भन्ने स्पष्ट रुपमा अवलोकन गर्न सक्नेछन् ।
उक्त अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा चैत ३० मा आयोजना हुने बम्पर ड्रसँगै हुनेछ । यस बम्पर ड्रमार्फत एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल प्राप्त गर्नेछन्, जसले नयाँ वर्षको उत्सवलाई अझ विशेष र स्मरणीय बनाउनेछ ।
ओप्पो नेपालका अनुसार नेपाली नयाँ वर्ष नविनता, उत्सव र नयाँ सुरुवातको प्रतीक हो । “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियानमार्फत कम्पनीले आफ्ना ग्राहकसँग उत्सवको खुशी साटासाट गर्न, अविस्मरणीय अनुभव सिर्जना गर्न तथा उनीहरूको निरन्तर समर्थनप्रति धन्यवाद व्यक्त गर्न चाहेको जनाएको छ ।
ओप्पोको बारेमाः
ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो, जुन आफ्ना नवप्रवर्तनशील स्मार्टफोन, उन्नत क्यामेरा प्रविधि तथा प्रिमियम डिजाइनका लागि परिचित छ । नेपालमा सशक्त उपस्थिति कायम गर्दै ओप्पोले लाखौँ प्रयोगकर्ताको दैनिक डिजिटल अनुभवलाई अझ सहज र समृद्ध बनाउने अत्याधुनिक उपकरण तथा सेवाहरू प्रदान गर्दै आएको छ । “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” अभियानमार्फत ओप्पोले नेपालभरका ग्राहकहरूलाई नयाँ वर्ष उत्साहका साथ मनाउन, आकर्षक पुरस्कारहरूको आनन्द लिन र नयाँ सुरुवातलाई खुशी तथा उत्साहका साथ स्वागत गर्न आमन्त्रण गरेको छ ।
प्रकाशित: २ चैत्र २०८२ १३:१७ सोमबार