बजार

नेप्से परिसूचक ३८ अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कले गिरावट भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३८.१० अङ्कले ओरालो लागेर दुई हजार ७८१ मा सीमित भएको छ।  

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७४ अङ्कले ओरालो लागेर ४७७.६८ मा सीमित भएको छ। आज कुल एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ मूल्यमा खरिदबिक्री भएको छ।  

आजको कारोबारपछि शेयर बजारको कुल पूँजीकरण ४६ खर्ब ४७ अर्ब १८ करोड ५१ लाख ९९ हजार ५०८ बराबर पुगेको छ। कारोबारका आधारमा विकास हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनी, थ्रिस्टार हाइड्रोपावर, एनएजी इन्स्योरेन्स कम्पनी र पिपल्स पावर कम्पनीका शेयरधनीले कमाएका छन्।  

यस्तै, ओरियण्टल होटल, लुम्बिनी विकास बैंक, साग्रिला डेभलपमेन्ट बैंक, सिकलेस हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले गुमाएका छन्।

प्रकाशित: १२ भाद्र २०८२ १६:३२ बिहीबार