बजार

लिपमोटरको विश्वव्यापी बजारमा नौ लाख वाहन वितरणको सफलता

न्यू इनर्जी भेइकल (एनइभी) निर्माता लिपमोटरले आजसम्म कुल ९ लाख वाहन वितरण गरेको घोषणा गरेको छ। जसले कम्पनीको विश्वव्यापी इलेक्ट्रिक वाहन बजारमा तीव्र उन्नतिको मुख्य उपलब्धि साबित गरेको छ। लिपमोटरले यस वर्षको पहिलो छ महिनामा अभूतपूर्व प्रदर्शन देखाएको छ, जसले घरेलु तथा अन्तर्राष्ट्रिय बजार दुवैमा यसको बढ्दो गति र लोकप्रियता दर्शाउछ। यसैवर्ष, लिपमोटरले ‘फोच्र्युन चाइना ५००’ सूचीमा आफ्नो पहिलो उपस्थिति पनि सुनिश्चित गरेको छ।  

लिपमोटरले आफ्नो नवीनता, पहुँचयोग्यता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमताको बढ्दो प्रतिष्ठा यस उपलब्धिद्वारा पुष्टि गरेको छ। कम्पनीले स्तेलान्टिससँगको रणनीतिक साझेदारीमार्फत आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्दैछ। यस साझेदारी अन्तर्गत लिपमोटर इन्टरनेसनल नामक संयुक्त उद्यम स्थापना गरिएको छ, जसले अन्तर्राष्ट्रिय बिक्री र वितरण व्यवस्थापनको जिम्मेवारी लिनेछ। 

लिपमोटरले युरोप, मध्यपूर्व र अफ्रिका तथा एशिया–प्रशान्त क्षेत्रका ३० भन्दा बढी अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तार गरिसकेको छ। विश्वभरमा ६०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरू स्थापना गरेर, कम्पनीले नयाँ उदीयमान विद्युतीय सवारीसाधन (NEV) ब्रान्डहरूबीच विदेशी विस्तारको गति र परिमाणमा नयाँ मापदण्ड स्थापित गरेको छ।  

नेपालमा, लिपमोटरले आकर्षक डिजाइन , आधुनिक सुविधा र किफायती मूल्य मार्फत ग्राहकहरूको ध्यान आकर्षित गर्दै आएको छ। कम्पनीको उत्पादन तीन मोडलहरूमा उपलब्ध छ– सी१०, बी१० र टी०३।  

सांग्रिला मोटर्स प्रा. लि., गोल्छा अर्गनिजेसन अन्तर्गत, सन् २०१७ देखि पूजो, २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटरको एकमात्र अधिकृत आयातकर्ता रहेको छ। कम्पनी नेपालको बजारका विकासशील आवश्यकताहरूसँग मेल खाने नवीन, स्टाइलिश र वातावरणमैत्री वाहनहरू ल्याउन प्रतिबद्ध छ। 

प्रकाशित: ११ भाद्र २०८२ १९:१६ बुधबार