नेपालमा लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर B10 को आयातका लागि वैकल्पिक नाका प्रयोग गर्न थालेको छ। रसुवागढी नाका हुँदै आयात हुँदै आएका B10 का गाडीहरू रसुवा क्षेत्रमा आएको आकस्मिक बाढीका कारण सडक तथा यातायात प्रभावित भएपछि कम्पनीले कोरला (मुस्ताङ) नाका हुँदै नेपाल भित्र्याउन थालेको हो।
कम्पनीका अनुसार कोरला नाका प्रयोग गरी गाडीको ढुवानी तथा भन्सार प्रक्रिया तीव्र बनाइएको छ। यससँगै B10 बुकिङ गरेका ग्राहकलाई छिट्टै गाडी हस्तान्तरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
लिपमोटर B10 प्रति ग्राहकको उच्च आकर्षण र ठूलो संख्यामा बुकिङ भएपछि आपूर्ति सहज बनाउन वैकल्पिक मार्ग रोजिएको कम्पनीको भनाइ छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा B10 प्रति ग्राहकको उत्साहजनक प्रतिक्रिया आएको कम्पनीले जनाएको छ।
बजेटपछि मूल्य घटेसँगै B10 नेपाली विद्युतीय सवारी बजारमा थप चर्चामा आएको छ। कम्पनीका अनुसार B10 को मूल्य ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।
B10 मा १६० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ (RWD) मोटर र ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ। यसले एकपटकको चार्जमा ६०० किलोमिटर (CLTC) सम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
सवारीमा १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४.६ इन्चको २.५K HD टचस्क्रिन, एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६० डिग्री क्यामेरा तथा प्रिमियम लेदरेट सिट उपलब्ध छन्। सिटमा हिटिङ तथा भेन्टिलेसन सुविधा पनि रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, B10 मा आफ्नो सेग्मेन्टमा ठूलो पानोरामिक सनरुफ तथा सनसेडसमेत उपलब्ध रहेको कम्पनीको भनाइ छ।
प्रकाशित: १९ भाद्र २०८३ २०:१६ शुक्रबार