बजार

लीपमोटर नेपालले ग्लोबल मिटमा “उत्कृष्ट लीपमोटर वितरक” पुरस्कार जित्यो

नेपालमा लीपमोटर को एकमात्र आधिकारिक  वितरक सांग्रिला मोटर्सले कार्तिक २१ गते थाइल्यान्डमा आयोजित लीपमोटर ग्लोबल डिलर मिटमा “उत्कृष्ट लीपमोटर वितरक – इन्डिया एण्ड एसिया प्यासिफिक” पुरस्कार प्राप्त गरेको छ।  

यो अवार्डले भारत र एसिया–प्यासिफिक क्षेत्रमा लीपमोटर नेपालले बिक्री, ग्राहक सेवा र ब्रान्ड विकासमा देखाएको उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको हो।  

यो सम्मानले बजार विस्तार, ग्राहक सेवा र ब्रान्ड स्थापित गर्नमा सांग्रिला मोटर्सको उल्लेखनीय उपलब्धिलाई उजागर गर्दै कम्पनीको उपस्थितिका लागि नयाँ मापदण्ड स्थापित गरेको छ। यो अवार्ड कम्पनीले यस क्षेत्रभर उन्नत विद्युतीय सवारी प्रविधि र नवीनतम गतिशील समाधानहरू प्रस्तुत गर्दै आफ्नो विस्तारलाई निरन्तरता दिइरहेको महत्वपूर्ण समयमा प्राप्त भएको हो।

प्रकाशित: २६ कार्तिक २०८२ १८:४२ बुधबार