बजार

आज फेरि उकालो लाग्यो सुनको मूल्य, घट्यो चाँदी : कति पुग्यो ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार सुन दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला चार हजार ४२५ रुपैयाँ रहेको चाँदी बिहीबार ३५ रुपैयाँले घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ।

प्रकाशित: २२ आश्विन २०८३ १०:४१ बिहीबार