बजार

आज सुनको मूल्यमा उछाल, चाँदी पनि बढ्यो

नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो।

आइतबार प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर दुई लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ।

त्यस्तै, आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १०:४३ सोमबार