बजार

आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ। लामो समयदेखि उतारचढाब हुँदै आएको सुनको मूल्य आज स्थिर रहँदै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम रहेको हो।  

यस्तै चाँदीको मूल्यमा भने बिहीबार सामान्य वृद्धि भएको छ। बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८२ ११:३० बिहीबार