नेपाली सुनचाँदी बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर प्रतितोला चार हजार सात सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: १ भाद्र २०८३ ११:३४ सोमबार