बजार

सुनको मूल्य फेरि उकालो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको थियो। बिहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो। 

यसैबीच, चाँदीको मूल्यमा चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहिबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको थियो। 

प्रकाशित: २२ श्रावण २०८३ ११:०९ शुक्रबार