बजार

वर्षको पहिलो दिन सुन र चाँदीको मूल्य बढ्यो

नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला तीन हजार एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै मंगलबार छापावाला सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार (गत वर्षको अन्तिम दिन) सोही परिमाणको सुन दुई लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँ बढेर पाँच हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

हिजो (गत वर्षको अन्तिम दिन) चाँदी प्रतितोला चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: १ वैशाख २०८३ १२:३२ मंगलबार