बजार

आज पनि घट्यो सुनको मूल्य

मंगलबार (आज) नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर तीन लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला तीन लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस साताको पहिलो दिन सुनको मूल्य गत शुक्रबारको तुलनामा ९ हजार ५०० रुपैयाँ घटेको थियो। गत शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ५०० रुपैयाँ पुगेको थियो। त्यसपछि आइतबार ९ हजार ५०० रुपैयाँ घटेर तीन लाख ९ हजारमा झरेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार ७८० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँ घटेर चार हजार ७६५ रुपैयाँ मा झरेको महासंघले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ ११:०२ मंगलबार