बजार

सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

हिजो सोमबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही दरमा स्थिर रहेको छ। 

यता, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँ घटेर चार हजार ७५५ रुपैयाँ कायम भएको छ।

प्रकाशित: २ भाद्र २०८३ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App